प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक

वि.सं.२०८० कात्तिक २१ मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा आज सर्वदलीय बैठक बस्दैछ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज दिउँसो २ बजे सो बैठक बस्दैँछ ।बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्प कारण एक सय ५७ जनाको ज्यान गएको तथा हजारौं घर क्षतिग्रस्त भए पछिको अवस्थाका बारेमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो ।
प्रकाशित समय : ०४:०७ बजे