तीनै तहका सरकारलाई प्रभावकारी बनाउनुपर्छ : प्रकाशमान सिंह

वि.सं.२०८० कात्तिक २४ शुक्रवार

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने बताएका छन् । लौहपुरूष गणेशमान सिंहको १०९ औं जन्मजयन्तिमा आयोजित कार्यक्रमका क्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।
उनले अहिले जनताले डेलिभर खोजिरहेको भन्दै जनताको जीवनस्तर उठाउन त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । ‘जनतालाई डेलिभरी गर्न तिनै तहका सरकारलाई आवश्यक अधिकार दिएर हामी अगाडि बढ्नुपर्छ,’ उनले भने । स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारलाई प्रभावकारी बनाउनु पर्ने सिंहले बताए ।
साथै भुकम्प प्रभावित नागरिकको सहयोगका लागि सरकार र सबै एकजुट भएर दुःख मा साथ दिनु पर्ने बताएका छन । जनताको सुखदुःखमा साथ दिन सक्नु नै आजको दिनमा सर्वोच्च नेता प्रतिको सच्चा श्रद्धाञ्जली हुने समेत बताए ।
प्रकाशित समय : ०४:०० बजे