back

चिसोका कारण भूकम्प मृत्यु हुनु अत्यन्तै दुर्भाग्यको कुरा हो : झलनाथ खनाल

काठमाडौं । भूकम्प प्रभावित क्षेत्रका बासिन्दाले अझै राहत पाउन नसकेकोप्रति नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि जनाएका छन् ।सोमबार काठमाडौंमा राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादी केन्द्रीय कमिटीद्धारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो असन्तुष्टि जनाएका हुन् ।

भूकम्प पीडितलाई सहयोगका लागि एकद्धार नीति बनाएको र विभिन्न संघ संस्था, पार्टीहरुले सहयोग पुर्याइरहेको उल्लेख गर्दै तर पीडितहरुसम्म सहयोग पुगिरहेको छैन भन्ने गुनासा आएको बताए ।

कतिपय जनताले अझै पनि आवश्यक राहत, उद्धार पाउन नसकेको कुरा सञ्चार माध्यमहरुमा आइरहेको भन्दै उनले चिसोका कारण कतिपयको मृत्यु भएको कुरा साँचो हो भने अत्यन्तै दुर्भाग्यको कुरा भएको उल्लेख गरे ।

उनले भने, ‘यो कुरालाई सरकारले अत्यन्तै गम्भीरतापूर्वक सोच्नुपर्छ । अहिलेसम्म यत्रो दिन पार हुँदा सरकारले आवश्यक सुविधा दिँदैन । एउटा कम्बल पनि दिन सक्दैन । मानिस जाडोले मर्नुपर्ने स्थिति भयो भने योभन्दा दुर्भाग्य अरु हुन सक्दैन ।’


गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी

गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:४२

काठमाडौं । रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि...

इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान

इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:३६

काठमाडौं । इरानको जेलमा रहेकी इरानी अभियन्ता नरगिस मोहम्मदीले यस...

ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा

ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:३१

काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले सेयरधनीका लागि लाभांश घोषणा गरेको...

घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:२५

काठमाडौं । कारोबारको दास्रो दिन आजसुनको मूल्य ५ सय रुपैयाँले...

न्यूयोर्कमा सिभिल ठगी मुद्दामा बयान नदिने डोनाल्ड ट्रम्पको घोषणा

न्यूयोर्कमा सिभिल ठगी मुद्दामा बयान नदिने डोनाल्ड ट्रम्पको घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:१२

काठमाडौं। संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कमा आफ्नो...

आज बालाचतुर्दशी, यस्तो छ बालाचतुर्दशीसँग जोडिएको कथा

आज बालाचतुर्दशी, यस्तो छ बालाचतुर्दशीसँग जोडिएको कथा

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:०२

काठमाडौं । बालाचतुरर्दशीको अवसरमा आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै...