back

आजदेखि सामाजिक सञ्जाल टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाई हुँदै

काठमाडौं। सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुँदैछ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा आजका लागि पेशी तोकिएको छ ।

हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पछि अदालत खुलेको पहिलो दिन मंसिर १ गते सर्वोच्च अदालतमा परेका सबै रिटहरुलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो । सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन माग गरेका छन् ।

सरकारले सामाजिक सद्भाव बिगारेको भनेर नकारात्मक कुरालाई मात्र व्याख्या गरेर बन्द गराउनु गलत भएको निवेदकहरूको तर्क छ । सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।


मञ्जुश्री फाइनान्सले गर्यो लाभांश घोषणा

मञ्जुश्री फाइनान्सले गर्यो लाभांश घोषणा

वि.सं.२०८० मंसिर १६ शनिवार ०३:१३

काठमाडौं । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट...

दक्षिण कोरियाले गर्यो जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण

दक्षिण कोरियाले गर्यो जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:५९

काठमाडौं । उत्तर कोरियाको बढ्दो आणविक खतराको बिच दक्षिण कोरियाले...

यस्ता छन् कालो अंगुर खानुका फाईदाहरु

यस्ता छन् कालो अंगुर खानुका फाईदाहरु

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:५३

काठमाडौं । मानिसलाई बाच्नको लागि अति महत्वपूर्ण तत्व भनेको खाना...

काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:२६

काठमाडौं । काठमाडौं महानगरले महानगरभित्रका गरिब घरपरिवार पहिचानका लागि तथ्यांक...

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:५१

काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको...

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:४३

काठमाडौं । निजी क्षेत्र मुलुकको आर्थिक विकासको खम्बाका रुपमा रहेको...