back

भुटानी शरणार्थी प्रकरण, बालकृष्ण खाँणलगायतको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं। आज उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतले दायर गरेको रिटमा सुनुवाइ हुँदैछ ।

नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध खाँणसहित १६ जनाले संयुक्त निवेदन दिएका थिए। यसअघि पटक–पटक पेसीमा चढे पनि यो मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

यो मुद्दामा पक्राउ परेका १९ जनामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए । तर तुलाधर र गुरुङलाई पनि थुनामै राख्नुपर्ने मागसहित सरकारी वकिलको कार्यालय उच्च अदालत गएको थियो ।

अभियुक्तहरुविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, सङ्गठित अपराध तथा ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ । उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएको छ ।

नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा गत असार १ गते काठमाडौँ जिल्ला अदालतले अभियुक्तहरूलाई थुनामा पठाउन आदेश गरेको थियो । उक्त प्रकरणमा भूतपूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, पूर्वसचिव पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल थुनामा छन् ।

यस्तै, पूर्वगृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी तथा बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ, सागर थुलुङ राईलगायत पनि थुनामा छन् ।सो प्रकरणमा रहेका अन्य व्यक्तिहरु भने फरारको सूचीमा रहेका छन् ।


आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:१२

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...

भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:०४

काठमाडौं । भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार भएको छ...

गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी

गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:४२

काठमाडौं । रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि...

इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान

इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:३६

काठमाडौं । इरानको जेलमा रहेकी इरानी अभियन्ता नरगिस मोहम्मदीले यस...

ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा

ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:३१

काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले सेयरधनीका लागि लाभांश घोषणा गरेको...

घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:२५

काठमाडौं । कारोबारको दास्रो दिन आजसुनको मूल्य ५ सय रुपैयाँले...