यसरी यौनसम्पर्क गर्दा गर्भ रहदैन

वि.सं.२०७८ भदौ ३१ बिहीवार

काठमाडौं । भदौं ३१ गते
श्रीमान श्रमिती भनेका एक रथका दुई पाङ्ग्रा हुन । श्रीमान–श्रीमतीको सम्बन्ध संसारकै उच्चकोटीको भावनात्मक सम्बन्ध मानिन्छ। जसमा श्रीमान–श्रीमती दुवै पक्षको आपसी समझदारीले अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ।
यसै सम्बन्धलाइ सुमधुर बनाउनका लागि उपयोगी केही तरिका तथा आवश्यकताहरु यस्ता रहेका छन्।सुन्दा अचम्म लाग्न सक्छ यौन मानव जीवनको लागि अत्यन्तै महत्वपुर्ण पाटो हो । यो जिवित प्राणीको आवश्यकता नै हो । मानिसलाई खानपानको जरुरी भएजस्तै सेक्सको पनि उत्तिकै मात्रामा आवश्यकता पर्छ । तर सेक्सका पनि चरण र प्रक्रियाहरु हुन्छन् ।
विबाहिताले गर्ने सेक्स रअविवाहिताले गर्ने सेक्समा जोखिम र चुनौताहरु उत्तिकै मात्रामा अघि पछि हुन्छन् । सेक्समा रोमान्स र आनन्दको कुरा त छँदैछ । यससँगै सेक्स गर्दा गर्भ रहन नरहने तरिका अधिकांशको मनमा उब्जिने कुरा हो ।
गर्भ राख्नु भनेको धेरै कुराको तालमेल मिलाउन सक्नु पनि हो । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर कतिपय अवस्थामा लामो समयसम्म पनि गर्व नरहन सक्छ ।यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् ।
२८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । तर त्यही आपातमा अगाडीका दिनमा विर्य नै योनिमा स्खलन गर्दा पनि गर्भ रहने सम्भावना अत्यन्तै न्यन हन्छ ।डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।
सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ ।
प्रकाशित समय : ०२:०३ बजे