back

पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल दुई विकेटले विजयी , दोस्रो खेल शुक्रबार हुने

काठमाडौं । भदौ २३ गते
पपुवा न्युगिनीविरुद्धको ओमानको अल अमेरात मैदानमा भएको पहिलो एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल दुई विकेटले विजयी भएको छ । नेपालको जितमा सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी र आसिफ सेखले उत्कृष्ट प्रदर्शन गरेका थिए । पहिलो ब्याटिङ गरेको पपुवा न्युगिनी ३३ ओभरमा एक सय ३४ रनमै अलआउट भएको थियो ।

सहज लक्ष्य पछ्याएको नेपालले ३९.३ ओभरमा आठ विकेटको नोक्सानीमा एक सय ३५ रन जोड्ेको थियो । दुई खेलको एक दिवसीय सिरिजमा नेपालले १–० को अग्रता लिएको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नुअघि नेपालले तयारीस्वरूप पपुवा न्युगिनीसँग दुईवटा एकदिवसीय खेल खेल्नेछ ।

दुई टोलीबीचको दोस्रो खेल शुक्रबार हुनेछ । पहिलो खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीप म्यान अफ दी म्याच घोषित भएका छन् । उनले १० ओभरमा ३५ रन खर्चंदै चार विकेट हात पारेका थिए । मंगलबारको खेलमा विक्रम सोबले नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरे । उनले बलिङमा पाँच ओभर गर्दै २० रन खर्चेर दुई विकेट हात पार्दै आफ्नो डेब्यु खेल स्मरणीय बनाए ।


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:१५

काठमाडौं,११ मंसिर।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर...