back

विश्वकप छनोटः जर्मनीको शानदार जित, इंग्ल्याण्ड र पोल्याण्ड बराबरी

विश्वकप छनोटमा जर्मनीले आइसल्याण्डमाथि शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा जर्मनीले आइसल्याण्डलाई ४-० ले पराजित गरेको छ ।

जर्मनीका लागि सर्जी जीनाब्री, एन्टोनियो रुडिगर, लरेय साने र टिमो वेर्नरले गोल गरे ।

जितपछि जर्मनी ६ खेलबाट १५ अंकसहित शीर्ष स्थानमै छ । आइसल्याण्ड ६ खेलबाट ४ अंकसहित पाँचौ स्थानमा छ ।

उता इंग्ल्याण्डले भने छनोटमा पहिलो बराबरी खेलेको छ । इन्जुरी टाइममा गोल बेहोरेपछि इंग्ल्याण्डले पोल्याण्डसंग १-१ को बराबरी खेलेको हो ।

समूह आई अन्तर्गत वार्सामा भएको खेलमा ह्यारी केनले ७२औं मिनेटमा गोल गर्द इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । तर डामिएन साएमान्स्कीले इन्जुरी टाइमको दोस्रो मिनेटमा पोल्याण्डको लागि बराबरी गोल फर्काए ।

बराबरीपछि पनि ६ खेलबाट १६ अकसहित इंग्ल्याण्ड समूह आईको शीर्ष स्थानमै छ । पोल्याण्ड समान खेलबाट ११ अंकसहित तेस्रो स्थानमा छ । सानमारिनोलाई ५(० ले पराजित गरेको अल्वानिया १२ अंकसहित दोस्रोमा छ ।
६ खेलबाट १६ अंकसहित बेल्जियम शीर्ष स्थानमा छ । बेल्जियमले दोस्रो स्थानको चेक रिपब्लिकमाथि ९ अंकको अग्रता बनाएको छ ।

समूह बी मा स्पेनले कोसोभोलाई २(० ले पराजित गरेको छ । स्पेनको लागि पाब्लो फोर्नाल्स र फेरान टोरेसले गोल गरे । स्पेन ६ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ ।

स्वीडेन भने ग्रीससँग १(० ले पराजित भयो । स्वीडेन ४ खेलबाट ९ अंकसहित दोस्रो स्थानमा छ भने समान खेलबाट ६ अंक जोडेको ग्रीस तेस्रो स्थानमा छ ।


टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा

टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:१९

काठमाडौं, १४ मंसिर । विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली...

कतार विश्वकप ब्राजिल नकआउट चरणमा

कतार विश्वकप ब्राजिल नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०२:४४

काठमाडौं, १३ मंसिर। पाँच पटकको विश्व विजेता ब्राजिल स्विट्जरल्यान्डलाई १–०...

कतार विश्वकप : मेसी चम्किदा अर्जेन्टिनाको जित

कतार विश्वकप : मेसी चम्किदा अर्जेन्टिनाको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०२:०५

काठमाडौं,११ मंसिर ।  मेसीको ‘ट्रेडमार्क म्याजिक’ प्रेरित अर्जेन्टिनाले महत्वपूर्ण खेलमा...

पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमान

पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमान

वि.सं.२०७९ मंसिर ९ शुक्रवार ०१:५६

काठमाडौं, ९ मंसिर ।  पोर्चुगलले बिहीबार अफ्रिकी टोली घानामाथि ३–२...

फिफा मैत्रीपूर्ण खेल : नेपाल र पाकिस्तान भिड्दै

फिफा मैत्रीपूर्ण खेल : नेपाल र पाकिस्तान भिड्दै

वि.सं.२०७९ कात्तिक ३० बुधवार ०३:०१

काठमाडौं, ३० कात्तिक । नेपाल र पाकिस्तानबीचको फिफा मैत्रीपूर्ण खेल...

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटः युएईसँग नेपाल पराजित

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटः युएईसँग नेपाल पराजित

वि.सं.२०७९ कात्तिक २९ मंगलवार ०२:१६

काठमाडौं, २९ कात्तिक । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको...