back

राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै

नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । उज्वेकिस्तानमा हुने एएफसी एशिया कप छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेल हुन लागेको हो । बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण खेललाई नेपालले खेलाडीको स्तर परीक्षणका रुपमा लिएको छ ।

आज भएको प्रि म्याच कन्फरेन्समा बोल्दै नेपलाी टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिपले खेलका लागि तयार रहेको बताए । कोभिडका कारण परिस्थिति अनुकुल नभएको समयमा खेल्न पाउनु ठुलो अवसर भएको उनको भनाइ छ । पछिल्लो ६ सातादेखि टिम बन्द प्रशिक्षणमा रहेको भन्दै ग्यारीले टिममा आन्तरिक प्रतिस्पर्धा तीव्र रहेको बताए । प्रतिस्पर्धा तीव्र हुदा टिमलाइ फाइदा हुने उनको भनाइ थियो ।

उज्वेकिस्तान जानु अघि टिममा के कमजोरी छ भन्ने थाहा पाउन मैत्रीपूर्ण खेलले महत्वपूर्ण भूमिका खेल्ने ग्यारीले बताएका छन् । स्टार स्ट्राइकर सावित्रा भन्डारीको अनुपस्थिति खड्किने उनले बताए ।

तर आफूसँग उत्कृष्ट २३ खेलाडी रहेको प्रशिक्षक ग्यारीको भनाइ छ । बंगलादेशका प्रशिक्षक गोबान रोब्बानीले यस्तो कठिन समयमा फिफाको क्यालेन्डर अनुसार खेल आयोजना गरेकोमा अखिल नेपाल फुटबल संघ एनफालाई धन्यवाद दिए ।


अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा

अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०२:०६

काठमाडौं, १५ मंसिर । अर्जेन्टिना र पोल्यान्ड कतार फिफा विश्वकप...

टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा

टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:१९

काठमाडौं, १४ मंसिर । विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली...

कतार विश्वकप ब्राजिल नकआउट चरणमा

कतार विश्वकप ब्राजिल नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०२:४४

काठमाडौं, १३ मंसिर। पाँच पटकको विश्व विजेता ब्राजिल स्विट्जरल्यान्डलाई १–०...

दोलखामा रद्ध गरिएका मतदान केन्द्रहरुमा पुनः मंसिर १५ गते मतदान

दोलखामा रद्ध गरिएका मतदान केन्द्रहरुमा पुनः मंसिर १५ गते मतदान

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१८

काठमान्डौ । यहि मंसिर १५ गते दोलखाका रद्ध गरिएका मतदान...

कतार विश्वकप : मेसी चम्किदा अर्जेन्टिनाको जित

कतार विश्वकप : मेसी चम्किदा अर्जेन्टिनाको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०२:०५

काठमाडौं,११ मंसिर ।  मेसीको ‘ट्रेडमार्क म्याजिक’ प्रेरित अर्जेन्टिनाले महत्वपूर्ण खेलमा...

निर्देशक बिजय मगरको “ तिम्रो लागि ” बोलको म्युजिक भिडियो बजारमा

निर्देशक बिजय मगरको “ तिम्रो लागि ” बोलको म्युजिक भिडियो बजारमा

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १०:४४

काठमान्डौ ।  निर्देशक बिजय मगरको “ तिम्रो लागि ” बोलको...