मेसीकाे ह्याट्रिक अर्जेन्टिनाकाे जित

वि.सं.२०७८ भदौ २५ शुक्रवार

काठमाडौं । अर्जेन्टिनाले विश्वकप फुटबलकाे दक्षिण अमेरिकी छनोटमा बाेलिभियालाई पराजित गरेकाे छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३ -०ले हराएकाे 5 ।
खेलकाे १४ औं मिनेटमै गाेल गर्दै अग्रता दिलाएका मेसीले दाेस्राे हाफमा दुई गाेल गरे । उनले ६४ अाैं मिनेटमा दाेस्राे गाेल गरेका थिए भने ८८ अाैं मिनेटमा तस्राे गाेल गर्दै ह्याट्रिक पूरा गरे ।
मेसी ह्याट्रिकपछि दक्षिण अमेरिकी महादेशबाट अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गाेल गर्ने खेलाडी बने । त्यसका लागि उनले ब्राजिलका पेलेलाई पछि पारे । मेसीले अर्जेन्टिनाका लागि ७९ गाेल गरेका छन् ।पेलेले ब्राजिलका लागि ७७ गाेल गरेका छन् ।
जितपछि छनाेटमा अर्जेन्टिना ८ खेलमा १८ अंकसहित दाेस्राे स्थानमै छ ।
प्रकाशित समय : ०४:०९ बजे