त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग पराजित

वि.सं.२०७८ भदौ ३० बुधवार

काठमाडौं । भदौ ३० गते
मंगलबार भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज कोखेलमा नेपाल घरेलु टोलि ओमानसँग ५ विकेटले पराजित भएको हो।
नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।त्यस्तै नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रन बनाएका थिए । उनको यो ओडीआईमा पहिलो अर्धशतक हो ।
खराब शुरुआत गरेको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई शून्यमै गुमाएको थियो । एकातर्फबाट लगातार विकेट गए पनि शेखले एक इण्डबाट स्कोर उकासेका थिए ।नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१, रोहित पौडेलले २०, सन्दीप लामिछानेले १६ रन बनाए भने अन्तिम विकेटका रुपमा आउट भएका करण केसीले २१ रन बनाए ।
१ रन बनाएका सुशान भारी नटआउट रहे ।ओमानका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिए । ओमानको जितमा जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेलेका थिए भने विस्फोटक ब्याटिङ गरेका उनले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गरेका थिए ।
उनले पाँचौ ओभरमा सोमपाल कामीविरुद्ध एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेका थिएका थिए भने टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७।४ ओभरमा अलआउट हुँदै १९६ रन बनाएको थियो ।
प्रकाशित समय : ०१:०१ बजे