क्रिकेट खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने

वि.सं.२०७८ असोज १ शुक्रवार

काठमाडौं । क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले आज अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
ओमानमा टस जितेको अमेरिकाले नेपाललाई ब्याटिङको पहिलो निम्तो दिएको छ भने नेपाली टोलीमा खेलाडी परिर्वतन भएको छ ।
विक्रम शोवको स्थानमा गुल्सन झाले खेल्ने भएको छ। ओडीआईमा उनको यो पहिलो डेब्यू खेल हुनेछ ।त्रिकोणात्मक सिरिज अन्तरगत नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो ।
प्रकाशित समय : १०:०८ बजे