आज एएफसी महिला एसिया कप छनोट नेपालले फिलिपिन्ससँग खेल्दै

वि.सं.२०७८ असोज २ शनिवार

काठमाडौं । असोज २ गते
एएफसी महिला एसियन कपमा छनोट हुने लक्ष्यसहित समूह एफमा रहेको नेपालले आज फिलिपिन्ससँग खेल्दै छ । एएफसी महिला एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली छनोट प्रतियोगिता खेल्न उज्वेकिस्तानमा छ ।
नेपालको महिला टिमले सन् २०१९ पछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्दा राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा बिना खेल्नेछन् । त्यस्तै बिहिबार भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपाल पराजित भएको छ ।चिरप्रतिद्वन्द्वी अमेरिकासँग नेपाल ६ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि ओपनिङ ब्याटसम्यान स्टिभन टेलरले सर्वाधिक ९२ रन बनाए । ६३ बल खेलेका उनले १२ चौका र ३ छक्का प्रहार गरे । यस्तै जसकरण मल्होत्रा र मोनांक पटेलले नटआउट रहँदै क्रमश ३६ र ३८ रन बनाए । मोनांकले यसअघि सिरिजको पहिलो खेलमा नेपालविरुद्ध शतक बनाएका थिए ।
प्रकाशित समय : ०२:०८ बजे