नेपालको ओमानविरुद्ध पहिलो सफलता, यसअघि शतक बनाएका जतिन्दर आउट

वि.सं.२०७८ असोज ३ आइतवार

प्रेस चौतारा । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको जारी खेलमा नेपालले ओमानविरुद्ध पहिलो सफलता हात पारेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा नेपालका करण केसीले खतरनाक ब्याट्म्यान मानिएका जतिन्दर सिंहलाई आउट गर्दै एकम विकेट आफ्नो नाममा लेखाएका छन् ।
१३ बलमा १३ रन बनाएर खेलिरहेका जतिन्दरलाई करणले आसिफ शेखमार्फत क्याचआउट गराएका छन् । उनले २.४ ओभरको बलमा विकेट लिएका हुन् । जतिन्दरले यस अघि नेपालविरुद्धको खेलमा शतक प्रहार गरेका थिए ।
नेपालले आज टस जितेर बलिङ गर्ने निर्णय गरेको हो
नेपालले ओमानविरुद्धको पहिलो खेल गुमाएको थियो । त्यसकारण आज बदला लिने कोसिसमा हुनेछ ।
लिगमा सात खेलबाट ६ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । त्यसैगरी १२ खेलबाट २० अंक जोडेको ओमान तालिकाको शीर्ष स्थानमा छ ।
प्रकाशित समय : ११:१९ बजे