आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादमाथि दिल्ली क्यापिटल्सको जित

वि.सं.२०७८ असोज ७ बिहीवार

काठमाडौं । असोज ७ गते
दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको छ ।बिहिबार राति दुबईमा भएको खेलमा हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो । दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोडे ।
यस्तै ऋषभ पन्तले अविजित ३५ रन बनाएका थिए । शिखर धवनले ४२ रन जोड्दा पृथ्वी शले ११ रन बनाएका थिए । हैदराबादका खलिल अहमेद र राशिद खानले १र१ विकेट लिएका थिए । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो ।
हैदराबादका अब्दुल समादले २८ रन जोड्दा राशिद खानले २२ रन बनाए । रिद्धिमान साह र केन विलियम्सनले १८र१८ रन जोडे । मनिस पाण्डेले १७ रन जोड्दा जासन होल्डरले १० रन बनाएका थिए। दिल्लीका कागिसो राबडाले ३ विकेट लिएका थिए ।यो जितसँगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रकाशित समय : ०१:१२ बजे