भिल्लारियालमाथि म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

वि.सं.२०७८ असोज १४ बिहीवार

काठमाडौं । असोज १४ गते
म्यानचेस्टर युनाइटेडले भिल्लारियालमाथि पुनरागमन जित हात पारेको छ । लन्डन,(खेलाडी) स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इन्जुरी समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले भिल्लारियालमाथि पुनरागमन जित हात पारेको हो ।
च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको समूह एफको खेलमा युनाइटेडले भिल्लारियालाई २–१ ले हराएको हो ।दुई खेलबाट एट्लान्टाको चार अंक छ भने दोस्रो स्थानको योङ ब्वाइज र तेस्रो स्थानको युनाइटेडको समान तीन अंक छ । भिल्लारियाल एक अंकका साथ चौथो स्थानमा छ ।५३औं मिनेटमा पाको एल्कासरको गोलमा भिल्लारियालले अग्रता लिएको थियो ।
त्यसको साता मिनेटपछि एलेक्स टेल्सले युनाइटेडलाई खेलमा फर्काएका थिए ।इन्जुरी समयको पाँचौ मिनेटमा रोनाल्डोले गरेको गोलमा युनाइटेडले जारी सिजन च्याम्पियन्स लिगमा पहिलो पटक स्पष्ट तीन अंक पक्का गरेको हो ।च्याम्पियन्स लिगको पहिलो खेलमा युनाइटेड योङ ब्बाइजसँग निराश भएको थियो ।समूह ुएफु को अर्को खेलमा एट्लान्टाले योङ ब्बाइजलाई १–० ले हरायो ।
प्रकाशित समय : ०२:१२ बजे