back

एसीसी प्रिमियर लिगःकतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता

काठमाडौं, बैशाख १४ गते । एसीसी प्रिमियर कपमा नेपाल समूह ’ए’ को विजेता बनेको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समूह विजेता बनेको हो ।

योसँगै नेपाल समूह विजेतको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।नेपालले ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्नेको हो । अब नेपालले समूह ’बी’ को उपविजेतासँग आगामी शनिबार सेमिफाइनलमा खेल्नेछ।

आज टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कतारलाई १५८ रनको चुनौती दिएको थियो । उक्त रनको चुनौती लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अलआउट भयो ।

नेपालको जितमा सन्दीप लामिछानेले पाँच विकेट लिएका थिए भने सर्वाधिक नटआउट ४२ रन जोडे । उनी बलिङ र ब्याटिङ दुवैमा चम्किए । ललित राजवंशीले २ र सोमपाल कामीले ३ विकेट लिएका थिए ।


पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

वि.सं.२०८० जेठ २७ शनिवार ०६:३८

काठमाडौं, २७ जेठ । पौडी खेल्ने क्रममा डुबेर दुई बालकको...

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

वि.सं.२०८० जेठ २७ शनिवार ०६:२३

काठमाडौं, २७ जेठ । कांग्रेस कमजोर नभएको नेपाली कांग्रेसका नेता...

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत : नेपाल राष्ट्र बैंक

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत : नेपाल राष्ट्र बैंक

वि.सं.२०८० जेठ २७ शनिवार ०५:४८

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकले गत वैशाखसम्ममा शोधनान्तर...

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

वि.सं.२०८० जेठ २७ शनिवार ०५:३७

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी...

चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामाः नेपाल राष्ट्र बैंक

चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामाः नेपाल राष्ट्र बैंक

वि.सं.२०८० जेठ २७ शनिवार ०५:२१

काठमाडौं, २६ जेठ । चालु खाता ५४ अर्ब ६७ करोड...

जुनियर एनटिआर र रामचरणसँग सहकार्य चाहन्छन् क्रिस हेम्सवर्थ

जुनियर एनटिआर र रामचरणसँग सहकार्य चाहन्छन् क्रिस हेम्सवर्थ

वि.सं.२०८० जेठ २७ शनिवार ०५:१०

काठमाडौं, २७ जेठ । मार्बल सिनेम्याटिक युनिभर्समा ‘थोर’ बनेर सबैका...