back

साउदी यात्राका लागि मेस्सीले मागे माफी, बिना अनुमति जानु गल्ति भयो

काठमाडौं, २३ बैशाख । लियोनेल मेस्सीले क्लबको अनुमति विना साउदी अरबको भ्रमण गएकोमा गल्ति स्विकार गरेका छन् ।पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिविनै साउदी अरब गएकोमा अर्जेन्टेनी स्टार मेस्सीले आफनो गल्ति स्विकार गर्दै माफी मागेका हुन् । सोह अभियोगमा उनलाई दुई साताका लागि क्लबले निलम्बनसमेत गरेको थियो ।

मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र अब क्लबले के निर्णय गर्छ, त्यो हेर्नका लागि म पर्खिरहेको छु । मैले इमान्दारीपूर्वक यो सोचे कि हामीले खेल पछिको दिन बिदामा हुनेछौं, जुन अघिल्लो हप्ताहरूमा पनि भईरहेको थियो । मैले साउदी अरेबियाको यो यात्रा पहिले पनि रद्ध गरिसकेको थिए तर यसपटक भने सकिन ।’

पिएसजीमा मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । उनी सो सम्झौता अनुसार अब तीनवटा मात्रै खेल खेल्न पाउने छन् । सम्झौता र सिजनको अन्त्यसँगै मेस्सी पीएसजी छाड्ने तयारीमा छ ।

३५ वर्षीया मेस्सी साउदी अरेबियाका लागि पर्यटन राजदूतको भूमिकामा छन् । उनलाई साउदी अरबका क्लबहरुले पनि चासो देखाईरहेका छन र उनी माथी करोडौं खर्च गर्न खोजिरहेका छन् ।


नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:३०

काठमाडौं, २५ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो...

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:२१

काठमाडौं, २५ जेठ । दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका...

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:०९

काठमाडौ, २५ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:५७

काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी...

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:४६

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि...

भ्यान खाल्डोमा खस्दा अफगानिस्तानमा २४ जनाको मृत्यु

भ्यान खाल्डोमा खस्दा अफगानिस्तानमा २४ जनाको मृत्यु

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:४२

काठमाडौं, २५ जेठ । अफगानिस्तानमा भ्यान दुर्घटनामा पर्दा २४ जनाको...