आज भारोत्तोलन टोली दक्षिण कोरिया प्रस्थान गर्दै

वि.सं.२०८० वैशाख २५ सोमवार

काठमाडौं, २५ बैशाख । एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित ३ सदस्यीय नेपाली टोली आज दक्षिण कोरिया प्रस्थान गर्दै छ । गत मे ३ देखि जारी र मे १३ तारिखसम्म हुने प्रतियोगितामामा सहभागी हुनका लागि सागर भण्डारी कोरियाको जेन्जु जान लागेका हुन् ।
उनले कोरियामाा पुरुष १०९ केजी माथि तौल समूहसँग प्रतिस्पर्धा गर्ने छन् । पेरिस ओलम्पिकका लागि छात्र वृत्ति प्राप्त सागर १३ औं दक्षिण एसियाली खेलकुदका रजत विजेतासमेत हुन् । सागरले मे १३ तारिखमा प्रतिस्पर्धा गर्ने छन् ।
सो प्रतियोगितालाई पेरिस ओलम्पिक छनोटका रूपमा समेत हेरिएको छ । खेलाडी भण्डारीको साथमा उनका प्रशिक्षक जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ टोलीमा रहने छन् ।टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ र नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
प्रकाशित समय : ०३:३० बजे