back

युइएफए नेसन्स लिगः नेदरल्याण्डलाई हराउँदै इटली तेस्रो स्थानमा

काठमाडौं, ४ असार । इटालीले युइएफए नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ ।घरेलु टोली नेदरल्यान्ड्समाथि ३–२ को जित निकाल्दै इटाली नेसन्स लिगमा तेस्रो भएको हो । नेदरल्यान्ड्समा आइतबार राति भएको खेलको पहिलो हाफमा नै इटालीले अग्रता दोब्बर पारेको थियो ।

खेलको सुरुवाती मै अर्थात छैटौं मिनेटमा फेडरिको डिमार्कोले गोल गर्दै इटालीलाई १–० को अग्रता दिलाए ।र, २०औं मिनेटमा डाभिड फ्राटेसीले गोल गर्दै पहिलो हाफमा नै इटालीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ६८औं मिनेटमा न्युजिल्याण्डका स्टेभन वर्गवाइनले गोल गर्दै खेललाई २–१ को स्थितिमा फर्काए तर ७२औं मिनेटमा फेडरिको चिइसाले गोल गरेपछि इटालीले ३–० को सहज अग्रता लियो ।

८२औं मिनेटमा ओउट वेगह्रष्टले गरेको गोलले भिएआरबाट मान्यता नपाए पछि निराश नेदरल्यान्ड्सले खेल सकिनु अघि मात्र ८९औं मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गरे पछि खेल ३–२ को स्थितिमा फर्कियो । तर, समयको अन्तिम अवस्थामा रहेका कारण थप गोल निस्कन नसक्दा इटाली विजयी हुँदै तेस्रो स्थान हासिल गर्न सफल भयो ।नेसन्स लिगको उपाधि लागि आज राति क्रोएसिया र स्पेनबीच प्रतिस्पपर्धा हुँदैछ ।


गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

वि.सं.२०८० असोज ९ मंगलवार ०८:५२

काठमाडौं  । गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा...

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

वि.सं.२०८० असोज ९ मंगलवार ०६:१९

काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका...

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...