back

ईन्डिया ओपन ईन्टरनेशनल कराँते च्याम्पियनसिपमा सहभागीहरुलाई निलकन्ठ न.पा धादिङको तर्फबाट ट्याक्सुट ब्यबस्थापन

काठमान्डौ । ईन्डिया ओपन इन्टरनेशनल कराँते च्याम्पियन सिपबाट ३ गोल्ड मेडल ८ रजत पदक र ९ कास्य पदक जितेर कराँते खेलाडीहरू नेपाल फर्किएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित तालकोतारा ईन्डोर स्टुडियम मा जुन १७,१८ तारिखमा भएको ईन्डिया ओपन इन्टरनेशनल कराँते च्याम्पियन सिपमा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै २५ जना खेलाडीहरू दिल्ली पुगेका थिए।

नेपालको तर्फबाट १३ बर्ष मुनी समुहमा खेलेर आरुष सिंम्खडा ले गोल्ड मेडल हात पारे,यसैगरी १३ बर्ष मुनिकै महिला समूहमा अनु मोक्तान र ६८ केजी तौल समूहमा डाईना ओझाले गोल्ड मेडल हात पारिन्।

नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै निभरित राज्य लक्ष्मीले १२ बर्ष मुनिको समुहमा रजत पदक, निमा तामाङ ५४ केजी तौल समुहमा रजत पदक, आयुस्मा बलामी ५९ तौल समुहमा रजत पदक, प्रशान्त रसाइली ६१ केजी तौल समुहमा रजत पदक, एलिना बिस्क ५० केजी तौल समुहमा रजत पदक, मीन बहादुर तामाङ ६० केजी तौल समुहमा रजत पदक, दिपेन्द्र ठाकुर ५० केजी तौल समुहमा रजत पदक, निशान मल्ल ६७ केजी तौल समुहमा रजत पदक प्रतीक घर्ती मगरले ७५ केजी तौल समुहमा रजत पदक जित्न सफल भएका छन् । आरिशा गुरुङले काता समुहमा र कुमिते समुहमा गरी २०कास्य पदक जितिन्।

यसैगरी कुमार मानन्धर,आनन्द कामी,मेलिना मगर, सन्ध्या खनाल,युजिन राई, युनिक राना मगर र प्रम्भ बानियाँले कास्य पदक जित्न सफल भएका छन्। प्रतियोगितामा क्याडेट रजुनियर र सिनियर गरी कुल २२ सय खेलाडीहरुले सहभागीता जनाएका थिए।

कोच प्रशिक्षकमा नारायण दत्त पन्त, टिम मेनेजरमा ज्ञानेश्वर धमला शंकर, सह(मेनेजरमा सृजना तामाङ, रेफ्रीमा जज दिनेश महत र जज सृजना अधिकारी सहभागी थिए भने टिमको नेतृत्व एशियन कराते महासंघको को कुमिते रेफ्री र काता जज र कोच लाईसन्स प्राप्त बालाजु कराँते(डो एकेडेमी का अध्यक्ष तथा प्रमुख प्रशिक्षक ध्रुब बिक्रम मल्लले गरेका थिए ।

उक्त प्रतियोगिता ईन्डिया कराँते अर्गनाइजेसनको नेतृत्वमा सेइकोकाई कराँते इन्टरनेशनलको आयोजनामा सम्पन्न भएको थियो,साथैं टिममा समाबेश सबैं खेलाडी समुह(हरुलाई निलकन्ठ नगर(पालिका प्रमुख भिम प्रसाद ढुङ्गाना ज्युले ट्याक्सुट उपलब्ध गराईदिनुका साथै  खेलाडी हरुलाई बधाई तथा शुभकामना दिनुभएको टिम मेनेजर ज्ञानेश्वर धमला शंकरले जानकारी दिनुभएको छ।


६३ प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा

६३ प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा

वि.सं.२०८० माघ २६ शुक्रवार ०५:५२

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०–८१ को...

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री दाहालको निर्देशन

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री दाहालको निर्देशन

वि.सं.२०८० माघ २६ शुक्रवार ०५:००

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ...

न्याय सेवा आयोगद्वारा ४३ जिल्ला न्यायाधीशका लागि आवेदन माग

न्याय सेवा आयोगद्वारा ४३ जिल्ला न्यायाधीशका लागि आवेदन माग

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:५०

काठमाडौं । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि...

बढ्यो नागरिक लगानी कोषको नाफा, प्रतिशेयर आम्दानी कति ?

बढ्यो नागरिक लगानी कोषको नाफा, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:४३

काठमाडौं । नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको...

फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा, ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा

फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा, ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:३६

काठमाडौं । भारतीय अभिनेता विक्रान्त मेसी मेधा शंकर स्टारर फिल्म...

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि दरखास्त

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि दरखास्त

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:२६

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन...