back

नेपाली क्रिकेट टिमले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, ९ असार । नेपाली क्रिकेट टिमले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा हुने सो खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ बजेबाट सुरु हुनेछ । दुईवटा खेलमा पराजित तथा एक खेलमा विजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भए पछि नेपाललाई थप दबाव परेको छ । नेदरल्याण्डलाई हराउन नसके नेपाल तीनवटा खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिने छ । जसकाकारण पनि नेपालले निकै मेहनतका साथ आफनो प्रदर्शन देखाउनु पर्ने हुँन्छ ।

सअघि भएका तीन खेलमध्ये नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उत्कृष्ट लक्ष्य प्रदान गरे पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा नै पराजयको चोट ब्योहोरेको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराउन सफल भएको थियो ।

तर, चार चार पटक विश्वकप बिजेता टोली वेस्टइन्डिजसँग मैदानमा उत्रेको नेपालले उससँग १ सय १ रनको फराकिलो अन्तरले पराजयको नमिठो अनुभव लिनु परेको थियो । त्यो पीडा भुलाउनका लागि पनि आज नेपालले दबाबमा आएर खेल्नु पर्ने बाध्यता छ ।

सुपर सिक्समा पुग्नका लागि मैदानमा उत्रन लागेको नेपालले समुह चरणको अन्तिम खेलमा दबावमा खेल्नु पर्ने बाध्यता रहेको छ ।


नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आजबाट सुरु

नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आजबाट सुरु

वि.सं.२०८० असोज ७ आइतवार ०४:३६

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम...

रुसी विदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरबाट हतियार मागिरहेका छन्

रुसी विदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरबाट हतियार मागिरहेका छन्

वि.सं.२०८० असोज ७ आइतवार ०४:११

काठमाडौं, ७ असोज । रुस र युक्रेन विरुद्ध संघर्ष जारी...

विक्की कौशलको फिल्म ‘द ग्रेट इन्डियन फेमिली’ सुपर फ्लप

विक्की कौशलको फिल्म ‘द ग्रेट इन्डियन फेमिली’ सुपर फ्लप

वि.सं.२०८० असोज ७ आइतवार ०४:०३

  काठमाडौं, ७ असोज । विक्की कौशल स्टारर कमेडी ड्रामा...

बेइजिङ जाँदै प्रधानमन्त्री दाहाल, नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

बेइजिङ जाँदै प्रधानमन्त्री दाहाल, नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

वि.सं.२०८० असोज ७ आइतवार ०३:५०

काठमाडौं, ७ असोज । चीन भ्रमणमा क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल...

बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

वि.सं.२०८० असोज ७ आइतवार ०३:४०

काठमाडौं, ७ असोज । बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको...

काँक्रो खानुका फाइदाः तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

काँक्रो खानुका फाइदाः तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

वि.सं.२०८० असोज ७ आइतवार ०३:३४

काठमाडौं, ७ असोज । गर्मीमा काँक्रो खाने हो भने तौल...