back

फिफा महिला विश्वकपः आज अस्ट्रेलिया र इङ्ल्यान्डबीच खेल हुँदै

काठमाडौ, ३१ साउन । फिफा महिला विश्वकप फुटबलको फाइनलमा स्पेन प्रवेश गरेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २–१ गोल अन्तररले हराउँदै विश्वकपको फाइनलमा स्थान बनायो ।

यो सँगै स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीबाट अन्तिम नौ मिनेटमा तीन गोल बनाउन सम्भव भएको थियो ।

स्पेनको जितमा सल्मा पारालुयलो र ओल्गा कार्मोनाले गोल गर्दा नतिजा स्पेनको पक्षमा भयो । स्विडेनका लागि रेबिका ब्लोमक्विस्टले सान्त्वना गोल गर्दा ८१ औँ मिनेटमा पारालुयलोले गोल फर्काउँदै स्पेनलाइ अग्रता दिलाइन् । तर, खेलको ८८औँ मिनेटमा ब्लोमक्विस्टले गोल गर्दै खेललाई बराबरीमा पुर्याउँदा ९०औँ मिनेटमा कार्मोनाले गरेको गोलले नै स्पेनको फाइनल प्रवेशको यात्रा पक्का गरेको थियो ।

यसैबीच सेमिफाइनलको अर्को खेलमा आज आयोजक अस्ट्रेलिया र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । अब फाइनलमा स्पेनले आयोजक अस्ट्रेलिया र इङ्ल्यान्डबीचको विजेता टोलीसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।


गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

वि.सं.२०८० असोज ९ मंगलवार ०८:५२

काठमाडौं  । गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा...

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

वि.सं.२०८० असोज ९ मंगलवार ०६:१९

काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका...

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...