दक्षिण अफ्रिकालाई हराउदै अस्ट्रेलिया विश्वकपको फाइनलमा

वि.सं.२०८० मंसिर १ शुक्रवार

काठमाडौं । अस्ट्रेलिया जारी क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ ।सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो ।दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले ४९.४ ओभरमा अल आउट हुदै २१२ रन बनाएको थियो ।अब फाइनलमा अस्ट्रेलियाले उपाधिका लागि आयोजक भारतको सामना गर्ने छ । फाइनल खेल आइतबार हुने छ ।
प्रकाशित समय : ०२:५४ बजे