एसियन कपको आम्दानी प्यालेस्टिनी सहायताका लागि छुट्याउने कतारको घोषणा

वि.सं.२०८० मंसिर ५ मंगलवार

काठमाडौं । आगामी जनवरीमा हुने एसियन कपको आम्दानी प्यालेस्टिनी सहायताका लागि छुट्याउने कतारले घोषणा गरेको छ । फुटबल प्रतियोगिताको स्थानीय आयोजक समितिले उक्त रकमले प्यालेस्टिनी राहत कार्यलाई सहयोग गर्ने घोषणा गरेको हो।
समितिका अध्यक्ष हमाद बिन खलिफा अल थानीले यो कर्पोरेट सामाजिक उत्तरदायित्व पहलले सबैभन्दा बढी प्रभावितहरूलाई फाइदा पुग्ने बताए । एसियन कप आगामी जनवरी १२ देखि फेब्रुअरी १० सम्म कतारमा हुँदैछ ।
प्रकाशित समय : ०२:१० बजे