back

आजदेखि एक महिने स्वस्थानी व्रत आरम्भ

काठमान्डौ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र लगाएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजाआर्चना गरिन्छ । बेलुकी स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै, एक सय आठ सुपारी, एक सय आठ पान, एक सय आठ फूल, एक सय आठ रोटी, एक सय आठ अक्षता विभिन्न थरिका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।

चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मितछोरालाई एवं मितछोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ । सय रोटी ब्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा बर्तालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।

 


कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

वि.सं.२०७९ माघ २३ सोमवार ११:०१

काठमाडौं, माघ २३ गते । काङ्ग्रेस सरकारमा सहभागी नहुने नेपाली...

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

वि.सं.२०७९ माघ २३ सोमवार १०:२१

काठमाडौं, माघ २३ गते ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका...

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

वि.सं.२०७९ माघ २३ सोमवार ०९:५४

काठमाडौं, माघ २३ गते ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा...

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

वि.सं.२०७९ माघ २३ सोमवार ०९:३६

काठमाडौं, माघ २३ गते । सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको...

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

वि.सं.२०७९ माघ २३ सोमवार ०९:११

काठमाडौं, माघ २३ गते । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा...

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

वि.सं.२०७९ माघ २३ सोमवार ०८:००

काठमाडौं, माघ २३ गते । टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ...